शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ #टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ
राजनीति

वर्षमान पुनले भने- रिस उठ्दैमा पार्टी छाड्न मिल्दैन, सबै नेता संयमित हुनुपर्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १७ साउन, २०८२ मा प्रकाशित
वर्षमान पुनले भने-  रिस उठ्दैमा पार्टी छाड्न मिल्दैन, सबै नेता संयमित हुनुपर्छ
काठमाडाैं, साउन १७ :

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेतृत्वसँग रिस उठ्दैमा कसैले पनि पार्टी छाडेर जाने कुरा गर्न नहुने बताएका छन् ।

पार्टी अध्यक्ष प्रचण्ड र अर्का उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिक रूपमा विवाद बढ्दै जाँदा, पुनले पार्टी एकता कायम राख्न सबै नेता संयमित हुनुपर्ने सन्देश दिएका हुन्।

काठमाडौँमा शनिबार किसान नेता भिमदत्त पन्तको स्मृति दिवसमा बोल्दै उनले भने, ‘जति रिस उठे पनि भाग्न मिल्दैन। हामीले आन्दोलनमा गरेका बलिदानको जिम्मा लिनुपर्छ।’

उनले नेताहरूबीच मतभेद हुनसक्ने बताए। तर, पार्टीभित्र सौहार्द र आपसी समझदारी आवश्यक रहेको उल्लेख गरे।

पुनले अध्यक्ष प्रचण्डसहित नेताहरुका पनि कमजोरी र आलोचनाभन्दा माथि नभएको बताए । तर, इतिहासबाट भाग्न खोज्नेले नेता कहलिन नसक्ने धारणा राखे।

केही दिन अघि काठमाडौंमा भएको एक कार्यक्रममा पनि उपमहासचिव शर्माले मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट नेताहरु असुली धन्दामा लागेको भन्दै आलोचना गरेका थिए ।  त्यसको जवाफमा अध्यक्ष प्रचण्डले शर्मालाई 'सिंगौरी खेल्न छुट दिएको' भनेका थिए।

माओवादी केन्द्रभित्र नेतृत्व विवाद देखिन थाल्दा उपमहासचिव पुनले सबैलाई संयमित भएर पार्टीभित्रै छलफल गर्न आग्रह गरेका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार