बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल#गोकर्ण जङ्गलको वनदेवी #पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल#गोकर्ण जङ्गलको वनदेवी
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

बाढीबाट बिस्थापित करिब २सय ५० घरपरिवार खुला आकाशमुनि बस्न बाध्य

· शुक्रबार, २९ भदौ, २०८१ मा प्रकाशित
बाढीबाट बिस्थापित करिब २सय ५० घरपरिवार खुला आकाशमुनि बस्न बाध्य
कञ्चनपुर, भदौ २९ :

लगातारको अबिरल बर्षासँगै महाकालीमा नदीमा आएको बाढीले भुजेला खोला थुनिँदा कञ्चनपुरका बस्तीहरु डुबानमा परेका छन ।

भीमदत्त नगरपालिका वडा नं. १२ भुजेला क्षेत्र र ऐरीघाटका ७० परिवार भन्दा बढी बाढीले बिस्थापित भएका छन ।

बिस्थापितहरु बन्दोबस्तीका सामान र गाइबस्तुसहित १२ नम्बर वडा कार्यालय र महाकाली किनाराको सडक छेउमा बस्न बाध्य छन ।

उता जोगुढा नदीले डुवान गर्दा दोधारा चाँदनी नगरपालिका वडा नं. ३, पटर खल्ला वडा नं.१० कुतियाकवर लगायतका क्षेत्रहरुमा १३० भन्दा बढी  घर परिवार बिस्थापित भएका छन ।

पुनर्वास नगरपालिकाको रातो ताल, दशरथ बस्ती लगायतका क्षेत्रहरुमा डुवान हुँदा ५५ परिवार विस्थापित भएका छन ।

बाढीले लत्ताकपडा , खाद्यान्न ,बन्दोबस्तीका सामान र घरमा राखिएका आवश्यक अन्य सरसमान समेत भिजेर नष्ट भएका छन ।

उद्धारको काम जारी रहेको र बाढी प्रभावितहरुलाइ सुरक्षित स्थानमा सार्ने काम भैरहेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार