हेटौंडा, साउन १८ :

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् । उनले राजीनामा दिएसँगै नेपाली कांग्रेस बागमती संसदीय दलको नेता बनेका इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ ।

पार्टी सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री लामालाई राजीनामा दिएर बाँनियालाई मुख्यमन्त्री बन्न मार्ग प्रशस्त गर्न भन्दै बिहीबार बेलुका आफ्नै निवास बूढानीलकण्ठमा बोलाएर निर्देशन दिएपछि लामाले आइतबार राजीनामा दिन लागेका हुन् ।

लामाको राजीनामासँगै कांग्रेस संसदीय दलका नवनिर्वाचित नेता बानियाँ मुख्यमन्त्री बन्ने प्रक्रिया अघि बढ्नेछ ।