नेपाली बजारमा आज (आइतबार) सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३४ सय रुपैयाँले बढेको छ । यसैगरी चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आइतबार सुन प्रतितोला एक लाख ९६ हजार ५०० रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार १०० रुपैयाँ थियो ।
यसैगरी चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदी २२ सय ५० रुपैयाँ प्रतितोला कायम छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी प्रतितोला २२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।