काठमाडौं, साउन १८ :

कक्षा १२ को परीक्षाफल (रिजल्ट) यही साता सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको परीक्षाफल यसैसाता सार्वजनिक गर्ने तयारी गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अबको तीन/चार दिनभित्रै नतिजा सार्वजनिक भइसक्नेछ ।

गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी थिए ।

जसमा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ र आंशिकतर्फ एक लाख १५ हजार ६१७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।