
तनहुँ, साउन १८ :
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नं को बस अपराह्न ४:२० बजे सडकबाट तल खसेर दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले दुर्घटनामा घाइते सात जनाको उद्धार गरी उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको बताए ।
मर्याङ्दी नदीको माथिल्लो भागमा बस अड्किएको छ । बस तान्नका लागि क्रेन मगाइएको र दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनी, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उद्धार टोली परिचालन भएको छ।
