नेपाली बजारमा आज (सोमबार) सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला सय रुपैयाँले बढेको छ । यसैगरी चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ९६ हजार ६०० रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ५०० रुपैयाँ थियो ।
यसैगरी चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी २२ सय ५५ रुपैयाँ प्रतितोला कायम छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी प्रतितोला २२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।