खोटाङ, साउन १९ :

खोटाङमा भएको गाडी दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था सिकिस्त छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका १, दौत्यखोलास्थित मध्यपहाडी लोकमार्ग खण्डमा सोमबार बिहान गाडी दुर्घटना भएको हो ।

प्रहरीका अनुसार हलेसीबाट सिराहाको गोलबजारतर्फ जाँदै गरेको प्र.२-०१-००१ ज ००५३ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब दुईसय मिटर तल खसेको छ । दुर्घटना भएको गाडीमा १८ जना यात्रारत रहेको प्रहरीको भनाइ छ ।