
काठमाडौं, साउन १९ :
राष्ट्रिय प्रजातन्त्र पार्टीले साउनको सोमबार पदयात्रा गरेको छ । सोमबार मैतीदेवि मन्दिरदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको हो ।
जनता र देशको भलोको लागि आफूहरुले पैदल यात्रा गरेको राप्रपा सांसद दीपकबहादुर सिंहले बताए । उनले राप्रपामा अलिअलि समस्या रहे पनि अवस्था र व्यवस्था पल्टाउन आफूहरु सबै लागेको बताए । यसमा कोही पनि विचलित नहुने उनको भनाइ छ । अहिलेका नेताहरुले जताततै ब्रम्हलुट गरेको आरोप लगाए । उनले गणतन्त्र जनताले नल्याएको बताए।
किसानले बाली लगाइसकेपछि निर्णायक आन्दोलनमा राप्रपा होमिने बताए । जनताको मुक्ति र भ्रष्टाचारीहरुलाई तह लगाउन आफूहरुले आन्दोलन गर्न लागेको बताए।