आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

किसानले बाली लगाइसकेपछि राप्रपा निर्णायक आन्दोलनमा होमिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ साउन, २०८२ मा प्रकाशित
किसानले बाली लगाइसकेपछि राप्रपा निर्णायक आन्दोलनमा होमिने
काठमाडौं, साउन १९ :

राष्ट्रिय प्रजातन्त्र पार्टीले साउनको सोमबार पदयात्रा गरेको छ । सोमबार मैतीदेवि मन्दिरदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको हो । 

जनता र देशको भलोको लागि आफूहरुले पैदल यात्रा गरेको राप्रपा सांसद दीपकबहादुर सिंहले बताए । उनले राप्रपामा अलिअलि समस्या रहे पनि अवस्था र व्यवस्था पल्टाउन आफूहरु सबै लागेको बताए । यसमा कोही पनि विचलित नहुने उनको भनाइ छ । अहिलेका नेताहरुले जताततै ब्रम्हलुट गरेको आरोप लगाए । उनले गणतन्त्र जनताले नल्याएको बताए।

किसानले बाली लगाइसकेपछि निर्णायक आन्दोलनमा राप्रपा होमिने बताए । जनताको मुक्ति र भ्रष्टाचारीहरुलाई तह लगाउन आफूहरुले आन्दोलन गर्न लागेको बताए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार