आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ साउन, २०८२ मा प्रकाशित
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
काठमाडौं, साउन १९ :

कोरियन भाषा परीक्षाका लागि सन् २०२५ को प्रथम चरणको आवेदन खुलेको छ । ईपीएस कोरिया शाखाका अनुसार उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन खुलाइएको हो ।

भाषा परीक्षामा पाँच हजार तीन सय उत्तीर्ण हुने आकलन गरेर आवेदन खुला गरिएको छ । जसमा उत्पादनमूलक क्षेत्रतर्फ ३५ सय तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १८ सय उत्तीर्ण गराउने तयारी छ । तर कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या थपघट हुन सक्नेछ । साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

अर्को सूचना प्रकाशित गरेर परीक्षाको तालिकाबारे जानकारी गराउने शाखाले जनाएको छ । एक दिनमा बढीमा पाँच सिफ्ट गरी परीक्षा सञ्चालन हुने साथै आवेदक संख्याका आधारमा वा अन्य विविध कारण आइपरेमा परीक्षा तालिका फेरबदल हुन सक्नेछ । एक व्यक्तिले एउटा क्षेत्रमा मात्र दरखास्त फाराम भर्न पाउनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार