भक्तपुर, साउन १९ :

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ   । 

आज साँझ सार्वजनिक नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्षकोभन्दा नतिजामा सुधार आएको छ ।  गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए ।  

त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  अङ्ग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विधार्थी फेल (ननग्रेड) भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

यस वर्ष  १३ हजार ५ सय २ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याका छन् । त्यस्तै ३.२१ देखि ३.६० जीपीए ल्याउनेको संख्या ५५ हजार ८ सय ९६ रहेको छ ।

यसैगरी  ६९ हजार ८ सय १२ जनाले २.८१ देखि ३.२० जीपीए ल्याएका छन् । २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ८ हजार ९ सय ६४ रहेको छ । १.६१ देखि २ जीपीए ल्याउनेको संख्या २३ रहेको छ परीक्षा बोर्डले जनाएको छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । 

 नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । शिक्षकको आन्दोलनका कारण परीक्षा ढिलो गरी गत वैशाख २१ देखि सुरु भएको थियो ।

 यसैबीच परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते गर्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले यसबारे जानकारी दिएका हुन् ।