नेपाली बजारमा आज (मंगलबार) सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १९ सय रुपैयाँले बढेको छ । यसैगरी चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ ।
महासंघका अनुसार मंगलबार सुन प्रतितोला एक लाख ९८ हजार ५०० रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन सोमबार सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ६०० रुपैयाँ थियो ।
यसैगरी चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । चाँदी २२ सय ८० रुपैयाँ प्रतितोला कायम छ । अघिल्लो कारोबार दिन सोमबार चाँदी प्रतितोला २२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।