काठमाडौं, साउन २१ :

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १०० रुपैयाँले घटेको छ । यसैगरी चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार बुधबार सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको छ । चाँदी २३ सय ५ रुपैयाँ प्रतितोला कायम छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी प्रतितोला २२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।