संसद्मा प्रतिनिधित्व गर्ने दलहरुबीच सिंहरदरबारमा छलफल भएको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको बैठकमा निर्वाचन आयोगले राजनीतिक दलहरुलाई पठाएको राजनीतिक दलसम्बन्धी स्वमूल्यांकन कार्यविधि, २०८२ बारे छलफल भइरहेको जनाएको छ ।
आयोगले त्यसबारेमा सुझाव दिन दलहरुलाई भोलिसम्मको समय दिएको छ ।छलफलमा सबैजसो दलका नेताहरु सहभागि छन् । प्रमुख सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरु भने उपस्थित छैनन् ।
राजनीतिक दलसम्बन्धी स्वमूल्याङ्कन कार्यविधि, २०८२’का प्रावधानहरु वर्तमान संविधान, ऐन र कानुनविपरीत रहेको भन्दै विपक्षी दलहरु छलफलमा जुटेका हुन् । उनीहरुले यस विषयमा छलफल गरी साझा धारणा बनाउने बताइएको छ ।
आयोगको कार्यविधिको बुँदा नम्बर ५ मा मूल्यांकन समितिको व्यवस्था छ ।कार्यविधिमा मूल्यांकन समितिले नै दलहरू सञ्चालन गर्ने भन्ने अधिकार दिइएको प्रति दलहरूले आपत्ति जनाएका छन् । राजनीतिक दलको स्वमूल्यांकन प्रणालीको सञ्चालन, रेखदेख र निर्देशन गर्न सचिव संयोजकत्वको समितिमा आयोगका महाशाखा प्रमुखहरू, सूचना प्रविधि शाखा प्रमुख, ऐन, नियम तथा फैसला कार्यान्वयन शाखा प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पूर्वराष्ट्रपति भण्डारी ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन चीन प्रस्थान