काठमाडौं, साउन २२ :

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबार सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज (बिहीबार) पनि सोही मूल्य कायम छ । मंगलबार भने सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार ५०० रुपैयाँ थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी २३ सय १५ रुपैयाँ प्रतितोला कायम छ । हिजो (बुधबार) चाँदी प्रतितोला २३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।