सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

एमाले शीर्ष नेताले गरे महाधिवेशनस्थलको अवलोकन, को-को पुगे ?

विभिन्न नेताहरुलाई व्यवस्थपानको जिम्मेवारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २२ साउन, २०८२ मा प्रकाशित
एमाले शीर्ष नेताले गरे महाधिवेशनस्थलको अवलोकन, को-को पुगे ?
काठमाडौं, साउन २२ :

नेकपा (एमाले)का शीर्ष नेताहरुले दोस्रो विधान महाधिवेशनस्थल ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको  अवलोकन गरेका छन् ।

एमालेका कार्यवहाक अध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा  उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, स्थायी कमिटी सदस्य प्रमुख कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीलगायतका नेताहरुले आज महाधिवेशनस्थलको निरीक्षण गरेका हुन् ।

एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म गोदावरी सनराइज सम्मेलन केन्द्रमा हुँदै छ । महाधिवेशनमा विधान महाधिवेशनमा करिब दुई हजार दुई सय ७९ जना प्रतिनिधि सहभागी हुने छन् । महाधिवेशन सफल बनाउनका लागि पार्टीले विभिन्न नेताहरुलाई व्यवस्थपानको जिम्मेवारी  तोकिसकेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार