निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिलाई १० राजनीतिक दलले अस्वीकार गरेका छन् ।दुई दलको वर्चस्वलाई संस्थागत गर्न खोज्ने यो प्रवृत्ति साथ कार्यविधि आएकाले अस्वीकार गर्ने विज्ञप्ति मार्फत ती दलले जनाएका छन् ।
कार्यविधिप्रति चासो राख्दै ती दलहरुले संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेको उल्लेख गरेका छन् । आयोगले संघीय संसद्को क्षेत्राधिकार अतिक्रमण गरेको १० दलको ठहर छ ।
राजनीतिक दलको मूल्याङ्कन, सञ्चालन, रेखदेख र निर्देशन गर्ने प्रस्तावित विषयले राजनीतिक दलको स्वतन्त्रता कुण्ठित गर्दै दलहरूलाई प्रतिस्पर्धाबाट वञ्चित गर्नेसम्मको खतरा उत्पन्न हुने आशंका गरेका छन् ।
संयुक्त विज्ञप्ति निकाल्ने दलहरूमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी, र आम जनता पार्टी छन् । यी दलहरुमा प्रतिपक्ष र सरकारलाई समर्थन गरेका साना दल समेत छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कारागारमा हुँदाको भाकल पूरा गर्न रवि पत्नीसहित नैनीतालस्थित कैचीँधाम पुगे
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान