प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठबीच चर्काचर्की भएको छ ।
विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयले गरिब तथा विपन्न विद्यार्थीलाई अनिवार्य रूपमा पूर्ण छात्रवृत्ति उपलब्ध गराउने विषयमा छलफल चलिरहँदा प्रमुख सचेतक घिमिरे र सांसद श्रेष्ठबीच चर्काचर्की भएको हो ।
सांसद श्रेष्ठले विद्यालय शिक्षा उपसमितिको प्रतिवेदन कसले रोक्यो ? भनेर प्रश्न गरेपछि प्रमुख सचेतक घिमिरेले प्रतिवाद गरे । सांसद श्रेष्ठले निजी विद्यालयलाई अनुदान दिन नहुने तथा विद्यालयले गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई आवाससहितको पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रस्ताव राखिन् ।
घिमिरेले निजी विद्यालयले आवासको व्यवस्था गर्ने व्यवस्था कानुनमा राख्न नहुने धारणा राखे । उनले संसारका धेरे जस्तो देशहरुमा निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुलाई अनुदान दिने गरेको उल्लेख गर्दै अनुदान दिनसक्ने व्यवस्था गर्न प्रस्ताव गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
पूर्वराष्ट्रपति भण्डारी ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुन चीन प्रस्थान
पूर्वराष्ट्रपति यादवले पुख्यौली गाउँ सपही पुगेर परिवारसँगै दसैँ मनाए
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान