
काठमाडौं, साउन २३ :
प्रधानमन्त्री के पी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले ठूलो जन धनको क्षति पुगेको खबरले चिन्तित रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सो बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबरले थप दुःखी बनाएको उल्लेख गरेका छन् ।
उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको जनाएका छन् । तुर्कमेनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बाढी पहिरोमा ज्यान गुमाउने सबै प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।