काठमाडौं, साउन २३ :

नेपाली बजारमा आज (शुक्रबार) सुनको बढेको छ । हिजो बिहीबार सुनको मूल्य स्थिर थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँले बढेको छ । चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबार र बिहीबार सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज (शुक्रबार) भने सुन प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँ कायम छ ।

यसैगरी चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी २३ सय २५ रुपैयाँ प्रतितोला कायम छ । हिजो (बिहीबार) चाँदी प्रतितोला २३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।