
राजविराज, साउन २३ :
सप्तरीको डाक्नेश्वरी नगरपालिका ५, पातोस्थित महादेवा टोलबाट ठुलो परिमाणमा गाँजा बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद गरिएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले १७ पोकामा राखिएको गाँजा बरामद गरेको हो ।