शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

रवि लामिछानेको कारागार बसाई सम्बन्धि समाचार प्रकाशित भएपछि कारागारको जवाफ

कारागार प्रशासनले आज जारी गरेको विज्ञप्तिमा उनको कारागार बसाइको व्यवस्थाका लागि एउटा छुटै कोठामा बसोबासको व्यवस्था मिलाइएको जनाएको छ ।
· शुक्रबार, २३ साउन, २०८२ मा प्रकाशित
रवि लामिछानेको कारागार बसाई सम्बन्धि समाचार प्रकाशित भएपछि कारागारको जवाफ
रुपन्देही, साउन २३ :

कारागार कार्यालय रूपन्देहीले सहकारी ठगीसम्बन्धी मुद्दामा भैरहवा कारागारमा रहेका पूर्व उप प्रधानमन्त्री रवि लामिछानेको सुरक्षालाई ध्यानमा राखी व्यवस्थापन गरिएको जनाएको छ ।

कारागार प्रशासनले आज जारी गरेको विज्ञप्तिमा उनको कारागार बसाइको व्यवस्थाका लागि एउटा छुटै कोठामा बसोबासको व्यवस्था मिलाइएको जनाएको छ ।

रूपन्देही कारागार प्रशासक सुरेश भण्डारीले जारी गर्नुभएको विज्ञप्तिमा हाल निलम्बनमा रहनु भएका प्रतिनिधिसभा सदस्य लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा थुनुवाका रूपमा विगत चार महिनादेखि उक्त कारागारमा रहनुभएको जनाइएको छ ।

लामिछानेलाई समय समयमा उनलाई भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधान समेत गर्ने गरेको विज्ञप्तिमा जनाइएको छ ।

कारागार कार्यालयको विषयमा विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार प्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको र समाचारमा प्रकाशित तस्विर यस कारागारभित्र रहेको भवनको नभएको र समाचारमा उल्लेख भए जस्तो अवस्था नरहेको जनाइएको छ ।

विज्ञप्तिमा थुनुवा लामिछानेलाई अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उनलाई पनि कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको र  उनले चाहेको खण्डमा मात्र बाहिरबाट आउने व्यक्तिले भेट्न पाउने तथा सञ्चार सुविधा उपयोग गर्ने वातावरण मिलाइएको उल्लेख गरिएको छ ।

सुरक्षाका दृष्टिले कारागार संवेदनशील क्षेत्र भएको र कारागारसँग सम्बन्धित समाचार प्रकाशन, प्रसारण गर्दा सर्वसाधारणमा भ्रम सृजना हुने गरी चित्र तथा सामग्री नराखि दिनु  हुन विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार