
कैलाली, साउन २४ :
गए राती कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।
गए राति करीब ११ बजे भएको झडपका क्रममा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
के कारणले घटना भएको त्यस्को विस्तृत विवरण आउन बाँकी छ। घटनाबारे छानबिन भइरहेको जनाइएको छ ।
बिहीबार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच झडप भइरहेको बताईको छ ।
कारागारको ‘ए’ र ‘बी’ ब्लकका कैदीबन्दीबीच कुटाकुट भएको हो । विगत केही समयदेखि कैलाली कारागारमा दुई समूहबीच झडपका घटना भइरहेका छन् ।