शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

पार्टीमा शुद्धीकरण,आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ: महामन्त्री थापा

· शनिबार, २४ साउन, २०८२ मा प्रकाशित
पार्टीमा शुद्धीकरण,आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ: महामन्त्री थापा
काठमाडौं, साउन २४ :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक रहेको बताएका छन् ।  शनिबार बालकोटमा आयोजित स्व श्यामबहादुर कार्कीको १८औँ स्मृति सभामा कांग्रेसले आत्मविश्वास हराएको पार्टीले देश सम्हाल्न नसक्ने भन्दै सबैले आत्मसमीक्षासहित पार्टी निर्माणमा लाग्नुपर्ने बताए ।

महामन्त्री थापाले देशका समस्याको समाधान दिनुपर्ने पार्टीमै आत्मविश्वास कमजोर भएको जस्तो देखिएको उल्लेख गर्दै त्यसलाई मजबुद बनाउन आवश्यक रहेको बताए । “नेपाली समाजमा असन्तुष्टि छन्, नागरिक रिसाएको अवस्था छ । यसबाट देशलाई बाहिर निकाल्ने र सम्हाल्ने काम कांग्रेसको काँधमा छ । देश बनाउनसक्ने कांग्रेसले हो भन्ने सन्देश दिनेगरी काम गर्न आवश्यक छ”, उनले भने,“पार्टीभित्र चुनाव हारिन्छ कि भन्ने डरका कारण राजनीति कमजोर बन्दै गएको छ । त्यो डर त्यागेर कांग्रेसलाई बलियो बनाउन अग्रज नेताको मार्गनिर्देशन पालन गर्न लागौँ ।”

महामन्त्री थापाले युवाहरूको असन्तुष्टिलाई वास्तविक भावनाका रूपमा बुझ्नुपर्ने र त्यसलाई कदर गर्दै देशभित्र अवसर सिर्जना गर्नुपर्नेमा समेत जोड दिए।
    
कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले आगामी दिनमा नेपाली कांग्रेसले कृत्रिम बौद्धिकता (एआई) सँग पनि राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने भन्दै ‘एआई राजनीति’ का लागि पनि तयार रहनुपर्ने धारणा राखे ।

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रमा कोइराला पौडेल, बागमती प्रदेशका पूर्वमन्त्रीद्वय सुरजचन्द्र लामिछाने र कृष्णलाल भँडेल, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, वरिष्ठ पत्रकार कविर राणालगायतले स्व कार्कीको योगदानबारे चर्चा गरे ।

स्मृति सभासँगै आयोजित रक्तदान कार्यक्रम ७२ जनाले रक्तदान गरेको र विद्यार्थीलाई एक सय वटा स्कुल ब्याग, स्टेसनरी र खेलकुल सामग्री हस्तान्तरण गरिएको स्व श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार