शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

गम्भीर घाइतेलाई काठमाडौँमा उपचार गरिने, कारागारको पूर्ण सुरक्षा गरिने

· शनिबार, २४ साउन, २०८२ मा प्रकाशित
गम्भीर घाइतेलाई काठमाडौँमा उपचार गरिने, कारागारको पूर्ण सुरक्षा गरिने
काठमाडौं, साउन २४ :

गृह मन्त्रालयले कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दी झडप प्रकरणलाई गम्भीरतापूर्वक लिई सूक्ष्म रूपमा हेरिरहेको र परिस्थितिलाई सहज बनाउन काम भइरहेको जनाएको छ ।     

शुक्रबार राति कैदीबन्दीबीच झडप भएर एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि आज गृहमन्त्री रमेश लेखकले गृहसचिव,तीन वटै सुरक्षा निकायका प्रमुखसहित सम्बद्ध अधिकारीबाट घटनाको समग्र अवस्थाबारे जानकारी लिने क्रममा यस्तो जनाकारी दिइएको हो । साथै परिस्थिति सहज बनाउने विषयमा बैठकमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।

छलफलमा सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेका एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ  ल्याईने र त्यसका लागि मन्त्रालयले सुर्खेतस्थित नेपाली सेनाको स्काइ ट्रक धनगढी पठासकेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी गराउनुभयो ।
    
“कारागारको पूर्ण सुरक्षा र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्नेछन्”, प्रवक्ता काफ्लेले भने,“झडपमा परी घाइते भएका अन्य घाइतेको उपचारको प्रबन्ध मिलाइएको छ ।”

बैठकमा कारागारको आन्तरिक सुरक्षा लगायत  विषयमा छलफल भएको थियो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार