
कैलाली, साउन २४ :
कैलाली कारागारका जेलर फेरिएका छन् ।
यस अघिका जेलर बसन्त खत्रीको ठाउँमा जालन्धर भुसाललाई पठाईएको छ । भुसालले आजबाट नै आफ्नो कार्यभार सम्हालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हिजो
शुक्रबार राति कारागारका कैदी बन्दीहरुबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि जेलर परिवर्तन गरिएको हो ।
सो झडपको क्रममा ४९ जना घाइते भएका छन् ।
यस्तै घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा शनिबार बसेको सुरक्षा समिति बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
समितिलाई दश दिनभित्र प्रतिवेदन दिनगरी जिम्मेवारी दिइएको छ