
अहिले काठमाडौंलगायत उपत्यकावरपर झरी परिरहेको छ । रातिदेखि परिरहेको झरी अहिले पनि निरन्तर छ । झरीसँगै बागमती, विष्णुमतीलगायत नदीको वहाब बढेको छ ।
अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणत: बदली रहनेछ ।
कोसी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोसी र गण्डकी प्रदेशको पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी आज राति देशभर साधारणत: बदली रहनेछ । मधेसलगायत कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।