काठमाडौं, साउन २५ :

रसुवा जिल्लामा गत असार २३ गते अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी ९८ करोड ५९ लाख ८२ हजार बराबर पुगेको छ ।

नेपाल बिमा प्राधिकरणका अनुसार यही साउन २२ गतेसम्म कुल बिमा दाबी ७८ पुगेको छ । त्यसमा सम्पत्ति बिमा छ, सामुद्रिक बिमा नौ, इन्जिनियरिङ तथा ठेकेदार जोखिम पाँच, मोटर बिमा (निजी) १६ र मोटर बिमा (सार्वजनिक) ४२ वटा दाबी परेको छ । प्राधिकरणका अनुसार हिमालयन एभरेस्टमा ५५ करोड, शिखर इन्स्यारेन्स कम्पनीमा १६ करोड ९६ लाख ३० हजार, नेपाल इन्स्यारेन्स कम्पनी आठ करोड ७३ लाख तथा सानिमा जीआईसीमा ६ करोड ८४ लाख ८२ हजार रुपैयाँबराबरको बिमा दाबी भएको छ ।

प्राधिकरणका अनुसार नेको इन्स्योरेन्स पाँच करोड ६७ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा दुई करोड ६५ लाख, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा ९१ लाख, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा ७६ लाख ७० हजार, एनएलजी इन्स्योरेन्स कम्पनीमा ४७ लाख, सिद्धार्थ प्रिमियर ३१ लाख र प्रभु इन्स्योरेन्स २८ लाख रुपैयाँबराबरको बिमा दाबी परेको छ ।

लेहेन्दे खोलामा आएको बाढीका कारण नेपाल-चीन सीमामा रहेको मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरी राखिएका सवारीसाधन बगाएको थियो । यस्तै रसुवागढी हाइड्रोपावरलगायत संरचनामा समेत बाढीले  क्षति पुगेको थियो ।