
तनहुँ, साउन २५ :
तनहुँको व्यास नगरपालिका ७, दुलेँपानीस्थित मादी नदीले बगाउँदा एकजना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा व्यास नगरपालिका १, अम्रेनी बस्ने ४० वर्षीय हरि परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बेपत्ता परियार नेपाल दूरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत थिए । उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
पिकनिक गएकामध्ये तीनजना मादी नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा परियारलाई पानीले बगाएको हो । -रासस