शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

गाईजात्रा पर्वको अवसरमा प्रधानमन्त्रीको शुभकामना

· आइतबार, २५ साउन, २०८२ मा प्रकाशित
गाईजात्रा पर्वको अवसरमा प्रधानमन्त्रीको शुभकामना
काठमाडौं, साउन २५ :

प्रधानमन्त्री केपी शर्मा ओलीले गाईजात्रा पर्वको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत गाईजात्रा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारणको कामनासमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्,“गाईजात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारण होस् । यस पर्वलाई व्यङ्ग्यविनोदका रूपमा मनाउनेहरूलाई पनि स्वस्थ मनोरञ्जन प्राप्त होस् । सबैलाई गाईजात्राको हार्दिक शुभकामना !”

प्रधानमन्त्री ओलीले मध्यकालीन समयमा नेवारी परम्पराबाट सुरु भएको गाईजात्रा पर्वलाई प्रताप मल्लको समयदेखि देशैभर मनाउन थालिएको उल्लेख गरेका छन् । “मृत्यु शोकमा रहेका परिवारले आआफ्ना घरबाट गाईजात्रा निकाल्नुपर्ने चलन चलाएर मृत्यु जतासुकै र जोसुकैको परिवारमा रहेको सान्त्वनापूर्ण मनोवैज्ञानिक सन्देश दिन यस पर्वको सुरुआत भएको मानिन्छ”, प्रधानमन्त्रीले शुभकामना उल्लेख गरेका छन्, “सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको पर्व समयक्रममा हास्यव्यङ्ग्यतर्फ रूपान्तरित भएको पाइन्छ ।”

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार