
काठमाडौं, साउन २५ :
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको सो भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा भर्खरै सम्पन्न भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट २०२५) आयोजना भएको सो सम्मेलनमा सहभागी भएर शानिबार स्वदेश फर्केका हुन् !
भेटमा समसामयिक अन्य विषयमा पनि छलफल भएको जनाइएको छ ।