शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, यस्तो छ बजार भाउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ साउन, २०८२ मा प्रकाशित
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, यस्तो छ बजार भाउ
काठमाडौं, साउन २५ :

नेपाली बजारमा आज (आइतबार) सुनको घटेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला २०० रुपैयाँले घटेको छ । चाँदी भने प्रतितोला ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन (शुक्रबार) प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (आइतबार) २०० रुपैयाँले घटेको छ । आइतबार सुन प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य २३ सय ३० रुपैयाँ प्रतितोला कायम छ । अघिल्लो कारोबार दिन (शुक्रबार) चाँदी प्रतितोला २३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार