धनकुटा, साउन २५ :

धनकुटाको टेकुनालामा पिकअप दुर्घटना हुँदा १७ जना घाईते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।  

टेकुनालाबाट धनकुटाबजारतर्फ आउँदै गरेको को २ च २३०९ नम्बरको पिकअप बिहान दुर्घटना भएको हो ।

घाईतेहरुको उद्धार गरेर जिल्ला अस्पताल धनकुटा ल्याईएको प्रहरीले जनाएको छ  ।

३ जना अवस्था गम्भीर रहेकाहरुलाई  थप उपचारका लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठार्ईको प्रहरीले जनाएको छ । अन्य घाईतेहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

आज गाईजात्राका लागि  पिकअपमा धनकुटा बजार जादै गरेका उनीहरु दुर्घ६नामा परेका हुन् ।