शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार

पर्यावरणीय पर्यटनमा नेपाल ग्लोबल लिडर हो : राजदूत पाउलिनिच

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २५ साउन, २०८२ मा प्रकाशित
पर्यावरणीय पर्यटनमा नेपाल ग्लोबल लिडर हो : राजदूत पाउलिनिच
काठमाडौं, साउन २५ :

पेरु गणतन्त्रका राजदूत जाभियर पाउलिनिचले पर्या-पर्यटनमा नेपालले विश्वलाई नै नेतृत्व गरिरहेको उल्लेख गर्दै यसले दक्षिण अमेरिकी मुलुकहरुलाई समेत प्रेरणा मिलेको बताएका छन् ।

पेरु गणतन्त्रको २०४औं स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंस्थित अवैतनिक दूतावासद्वारा आयोजित कार्यक्रममा नेपालसमेत हेर्ने भारतका लागि पेरु गणतन्त्रका राजदूत पाउलिनिचले नेपालले पर्यापर्यटनसहित जलविद्युत् उत्पादनका क्षेत्रमा गरेको प्रयाशको प्रशंसा गरे ।

‘हामी जलविद्युत्, दिगो पर्वतीय विकास तथा इको-पर्यटनमा नेपालको विश्वव्यापी नेतृत्वको गहिरो प्रशंसा गर्दछौं,’ राजदूत पाउलिनिचले  भने, ‘जसले हाम्रो एन्डियन समुदायलाई प्रेरणा दिएको छ र भावी सहकार्यसँगै एउटा बलियो आधारको रूपमा काम गरेको छ ।’

नेपालका नवीकरणीय ऊर्जा, पूर्वाधार तथा हरित नवप्रवर्तनसम्बन्धी आफ्ना आकांक्षासँग यो प्रयाश अझ प्रासंगिक बन्दै गएको उनको भनाइ छ ।

आफूहरु कृषि, पर्यटन, शैक्षिक, आयुर्वेद र प्राकृतिक चिकित्सा लगायतका क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको र त्यसका निमित्त दुई मुलुकका जनताबीचको सम्बन्धलाई अझ मजबुत बनाउन आवश्यक रहेको उनले बताए ।  

कार्यक्रममा नेपालका लागि पेरु गणतन्त्रका अवैतनिक वाणिज्य दूत सुमित अग्रवालले पेरु गणतन्त्रको वाणिज्यदूतको रूपमा सेवा गर्न पाउनु आफ्ना लागि  महत्त्वपूर्ण अवसर रहेको यस जिम्मेवारी र अवसरलाई दुवै मुलुकको हितमा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘नेपाल र पेरु गणतन्त्रबीच बलियो सम्बन्ध रहँदै आएको छ र हामी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँदै आपसी समृद्धिलाई प्रोत्साहन गर्न चाहन्छौं,’ उनले भने, ‘दुई देशबीच लगानी, कृषि, पर्यटन, व्यापार तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा बलियो द्विपक्षीय सहकार्य प्रवर्द्धन गर्न म आफ्नो ऊर्जा केन्द्रित गर्नेछु ।’

कार्यक्रममा काठमाडौंस्थित विभिन्न मुलुकका वाणिज्यदूत तथा कूटनीतिक र सामाजिक क्षेत्रका प्रबुद्ध व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रममा पेरु गणतन्त्रका स्थानीय परिकार तथा वेशभूषाको प्रदर्शनीसमेत गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार