शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार विदेश

गाजा सिटी योजना युद्ध अन्त्य गर्ने सर्वश्रेष्ठ उपाय भएको नेतान्याहुको दाबी

· आइतबार, २५ साउन, २०८२ मा प्रकाशित
गाजा सिटी योजना युद्ध अन्त्य गर्ने सर्वश्रेष्ठ उपाय भएको नेतान्याहुको दाबी
काठमाडौं, साउन २५ :

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा सिटीमा नियन्त्रण गर्ने आफ्नो सरकारको योजनाको बचाउ गर्दै यसलाई युद्ध अन्त्य गर्ने सर्वश्रेष्ठ उपाय भएको दाबी गरेका छन्।

आत्मविश्वासी मुद्रामा देखिएका प्रधानमन्त्री नेतान्याहुले कुनै सम्झौताको संकेत नदिएको र उक्त कारबाही कहिले सुरु हुने बारे समयसीमा पनि बताएका छैनन् ।

बेलायत,फ्रान्स र अन्य युरोपेली देशहरूले इजरायलको यो योजनाले अन्तर्राष्ट्रिय मानवतावादी कानुन उल्लङ्घन गर्ने जोखिम रहेको चेतावनी दिएका छन्।  यसैबीच गाजाबारे संयुक्त राष्ट्रसंघको आपत्कालीन बैठक न्यूयोर्कमा भइरहेको छ ।

गाजामा कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या २ सय १७ पुगेको छ । जसमा १ सय जना बालबालिका रहेका छन् ।  नेतान्याहुले भने गाजावासीलाई भोकमरीमा राखेको आरोप अस्वीकार गरेका छन्।

इजरायली सरकारले अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई गाजामा स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न अनुमति दिएको छैन।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार