काठमाडौं, साउन २६ :

इजरायली सेनाले गाजा सिटीको अल-शिफा अस्पताल बाहिर रहेको मिडिया टेन्टमा गरेको लक्षित आक्रमणमा परी अल जजिराका संवाददाता अनस अल-शरिफ सहित पाँच जना पत्रकारको मृत्यु भएको छ ।

आक्रमणमा अनस अल-शरिफ सहित अल जजिराका संवाददाता मोहम्मद क़ुरेकेह, क्यामेराम्यान इब्राहिम जाहेर र मोआमेन अलिवा तथा उनीहरूको सहायक मुहम्मद नौफल पनि मारिएका छन्।

आइतबार बेलुकी गाजा सिटीको अल-शिफा अस्पतालको मुख्य गेट बाहिर रहेको टेन्टमा आक्रमण भएको हो ।

इजरायली सेनाले विज्ञप्ति जारी गर्दै यस हत्याको जिम्मेवारी लिँदै अल-शरिफ हमासको सशस्त्र शाखाको एक इकाईको नेतृत्व गर्थे भन्ने  दाबी गरेको छ।

इजरायली डिफेन्स फोर्सले अन्य पत्रकारहरूको मृत्युबारे केही उल्लेख गरेको छैन ।  

मृत्यु हुनु केही समयअघि २८ वर्षीय  अल-शरिफले उत्तरी गाजाबाट व रिपोर्टिङ गरेका थिए ।

गाजामा इजरायलको युद्धका कारण कम्तीमा ६१ हजार ४३० जनाको मृत्यु भइसकेको छ ।