सुनसरी, साउन २६ :

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ बस र माइक्रो (विंगर) ठोक्किएको छ ।

दुई गाडी आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक महिला छन् । मृतकको परिचय खुलेको छैन । दुर्घटनामा थप १६ जना घाइते छन् ।

काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे.१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २-०१-००१ ज ००४७ नम्बरको माइक्रो सोमबार बिहान ठोक्किएको हो ।

घाइतेहरूको इनरुवा, विराटनगर न्युरो, नोबेललगायत अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।