शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

सुनचाँदी दुवैको मूल्य घट्यो, यस्तो छ बजार भाउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २६ साउन, २०८२ मा प्रकाशित
सुनचाँदी दुवैको मूल्य घट्यो, यस्तो छ बजार भाउ
काठमाडौं, साउन २६ :

नेपाली बजारमा आज (सोमबार) सुनचाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ११ सय रुपैयाँले घटेको छ । चाँदी भने प्रतितोला १५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन (आइतबार) प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (सोमबार) ११ सय रुपैयाँले घटेको छ । सोमबार सुन प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य २३ सय १५ रुपैयाँ प्रतितोला कायम छ । अघिल्लो कारोबार दिन (आइतबार) चाँदी प्रतितोला २३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार