सुर्खेत, साउन २६ :
जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भेरी नगरपालिका १, कोलचौरनजिकै कल्ले खोलामा आज (सोमबार) भे.१च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।
दुर्घटनामा एम्बुलेन्सका चालक भेरी १, डौंरीकाँडाका २७ वर्षीय सुनील चनाराको मृत्यु भएको हो । अस्थायी प्रहरी पोस्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाका अनुसार भेरी १, डौंरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।
उकालो सडकमा भित्तामा ठोक्किएर एम्बुलेन्स दुर्घटना भएको हो । प्रहरीका अनुसार चालक चनाराको घट्नास्थलमै मृत्यु भएको हो । -रासस
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ