
प्रतीकात्मकर तस्बिर ।
सुर्खेत, साउन २६ :
जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भेरी नगरपालिका १, कोलचौरनजिकै कल्ले खोलामा आज (सोमबार) भे.१च २२४७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।
दुर्घटनामा एम्बुलेन्सका चालक भेरी १, डौंरीकाँडाका २७ वर्षीय सुनील चनाराको मृत्यु भएको हो । अस्थायी प्रहरी पोस्ट होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाका अनुसार भेरी १, डौंरीकाँडा बिरामी लिन जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो ।
उकालो सडकमा भित्तामा ठोक्किएर एम्बुलेन्स दुर्घटना भएको हो । प्रहरीका अनुसार चालक चनाराको घट्नास्थलमै मृत्यु भएको हो । -रासस