बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
अर्थतन्त्र सेयर बजार

२८ अंकले घटेको नेप्से २८२२ विन्दुमा रोकियो, १० अर्बको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २६ साउन, २०८२ मा प्रकाशित
२८ अंकले घटेको नेप्से २८२२ विन्दुमा रोकियो, १० अर्बको कारोबार
काठमाडौं, साउन २६ :

सेयर बजार आज (सोमबार) २७.९०  अंकले घटेको छ । योसँगै नेप्से २८२२.४६ विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४.७४ अंकले घट्दै ४८५.४१ विन्दुमा झरेको छ ।

नेप्सेमा आज ३२४ वटा कम्पनीको ९८ हजार ५२५ पटकको कारोबारमा दुई करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर किनबेच भए । जसअनुसार आज १० अर्ब २१ करोड एक लाख ४२ हजार ३०८ रुपैयाँबराबरको कारोबार भएको छ ।

सेयरबजारमा आज २२० कम्पनीका सेयर मूल्य घटे । यस्तै २० वटा कम्पनीको मात्र सेयर मूल्य बढ्यो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा दुईवटा अर्थात् अन्य समूह र सामूहिक लगानी कोषको सेयर मूल्य मात्र बढ्यो । अरु सबै समूह राताम्मे बने ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा रिभर फल्स पावर लिमिटेड परेको छ । यसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ४०६.१० रुपैयाँ कायम रह्यो ।

यसैगरी बढी गुमाउने कम्पनीको पहिलो सूचीमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ । यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता २२४६.२८ रुपैयाँ कायम रह्यो ।

नेप्सेमा आज शिवम् सिमेन्ट लिमिटेडको कारोबार सर्वाधिक भएको छ । शिवम्‌को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ रह्यो । यसको ५३ करोड ८८ लाख ६० हजार ९५७ रुपैयाँको सेयर कारोबार भएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार