उत्तराखण्ड, साउन २६ :

उत्तराखण्ड बाढीपहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्य भने अझै जारी छ । चारपाँच दिनसम्म प्रयास गर्दा पनि नभेटिएपछि पहिरोमा परी बेपत्ता भएकाहरुको परिवार र आफन्तजन घर फर्किन थालेका हुन् । यतिका दिन भइसक्काले बाढीले बगाएकाहरु जिवितै हुने सम्भावना भने अत्यन्त न्यून रहेको छ ।

चारपाँच दिनको खोजीपछि पनि बेपत्ता व्यक्तिहरूको कुनै पत्ता नलागेपछि उनीहरू थकित भएका छन्। आफन्तहरूले घरमै किरिया गर्ने तयारी गरिरहेका छन्।
बंकुरा गाउँमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीका लागि नेपालबाट आफ्न्तजनहरु गएका थिए ।

गत बुधबार बंकुरा गाउँमा पहिरोमा पनि ५ जना नेपाली कामदार बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बर्दियाको मधुवन नगरपालिका-५ का नरेन्द्र खड्का, उनकी श्रीमती सन्ध्या र १८ महिनाको छोरा रोमनसँगै सोही वडाकी अमृता परियार र बर्दियाकै गुलरिया नगरपालिका-४ संगम बस्तीका सुवास दमाई छन्।