शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकालेको आरोपितलाई सात दिन म्याद थप

· सोमबार, २६ साउन, २०८२ मा प्रकाशित
आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकालेको आरोपितलाई सात दिन म्याद थप
काठमाडाैं, साउन २६ :

पशुपतिनाथस्थित आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकाल्ने प्रयासमा संलग्न अभियोगमा पक्राउ परेका दुई जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले सात दिन म्याद थपको अनुमति दिएको छ ।

यही साउन २३ गते  पशुपति आर्यघाट–२ नम्बर चितामा शव जलाउने क्रममा जल्दै गरेको शवबाट हड्डी निकाली अन्यत्र लैजाने उद्देश्यले बट्टामा राखेको भन्ने विषयमा वाद–विवाद भई अभद्र व्यवहार गरेकाले नियन्त्रणमा लिइएका दुई जनालाई आज जिल्ला प्रशासन कार्यालयले सात दिन म्याद थपको अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए ।

उनले भने, ‘हड्डी निकाल्ने प्रयासमा संलग्न अभियोगमा काभ्रे मन्डनदेउपुर–५ घर भई पशुपतिस्थित गौरीघाट बस्ने ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र उदयपुर कटारी–८ घर भई काठमाडौँ गोठाटार बस्ने २४ वर्षीय विनायक मैनालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका दुवै जनालाई अभद्र व्यवहार गर्न नहुने कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार