सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

राससको महाप्रबन्धकमा राई नियुक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ साउन, २०८२ मा प्रकाशित
राससको महाप्रबन्धकमा राई नियुक्त
काठमाडौं, साउन २७ :

राष्ट्रिय समाचार समिति (रासस) को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको हो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् । पाँचथर फालेलुङ गाउँपालिका ३ का स्थायी बासिन्दा राईले मोफसल र राजधानी काठमाडौंमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव बटुलेका छन् ।

तत्कालीन भौतिक पूर्वाधार तथा यात्रायातामन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत रहेका राईले पत्रिका, रेडियो र अनलाइनमा काम गरिसकेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार