काठमाडौं, साउन २७ :

नेपाली बजारमा आज (मंगलबार) सुनचाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १३ सय रुपैयाँले घटेको छ । चाँदी भने प्रतितोला १० रुपैयाँले घटेको छ ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन (सोमबार) प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) एक लाख ९६ हजार ८०० रुपैयाँ कायम छ । सुन नेपाली बजारमा आइतबार प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदीको मूल्य २३ सय ५ रुपैयाँ प्रतितोला कायम छ । अघिल्लो कारोबार दिन (सोमबार) चाँदी प्रतितोला २३ सय १५ रुपैयाँमा कारोबार भएको थियो । अस्ति (आइतबार) चाँदी प्रतितोला २३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।