सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति #नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन#विपद् जोखिम न्यूनीकरण प्राधिकरण#छात्रवृत्ति
समाचार शिक्षा

धर्नामा बसेका अखिल क्रान्तिकारीद्वारा त्रिविमा तोडफोड

प्रहरी र विद्यार्थीबीच झडप
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ साउन, २०८२ मा प्रकाशित
धर्नामा बसेका अखिल क्रान्तिकारीद्वारा त्रिविमा तोडफोड
काठमाडौं, साउन २७ :

माओवादीनिकट अखिल क्रान्तिकारीले  रेक्टर र रजिस्ट्रार कार्यालयमा तोडफोड गरी क्षति पुर्‍याएका छन् । धर्नामा  बसेका विद्यार्थीले रेक्टर र रजिस्ट्रार कार्यालयमा तोडफोड गरेर सिसाहरु फुटाएका छन् । त्यसक्रममा विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको छ ।

झडपका क्रममा त्रिवि जिल्ला इन्जार्च ममता जोशी र सुशील नेपाली घाइते भएका छन् । क्रान्तिकारी अखिल त्रिविका कार्यवहाक अध्यक्ष शिवराज भट्टले प्रहरीले बल प्रयोग गर्दा कार्यालयमा क्षति पुगेको बताए

त्रिभुवन विश्वविद्यालयमा दीपक अर्याल उपकुलपति नियुक्त भएर जिम्मेवारी सम्हालेदेखिनै उनीहरुले अर्यालसहित, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजाललाई कार्यालय आउजाउमा अवरोध गर्दै आएका छन् । कार्यकक्षको ढोकामा नै धर्ना दिएपछि उपकुलपति अर्याल कार्यालय आउनै छाडेका छन् ।

शुल्क घटाउन माग राख्दै क्रान्तिकारीले २० दिनदेखि उपकुलपति कार्यालयमा धर्ना दिँदै आएको छ । क्रान्तिकारीले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, द्वन्द्व–शान्ति र विकास अध्ययन, सामाजिकशास्त्र र लैंगिक केन्द्रीय विभागको शुल्क समायोजन गर्नुपर्ने माग अघि सारेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार