बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
अर्थतन्त्र सेयर बजार

२७ अंकले घटेको नेप्से २७९६ विन्दुमा रोकियो, ७ अर्बको कारोबार

नेप्सेमा आज नेपाल रि-इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार सर्वाधिक भयो, जसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १५३५ रुपैयाँ कायम रह्यो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ साउन, २०८२ मा प्रकाशित
२७ अंकले घटेको नेप्से २७९६ विन्दुमा रोकियो, ७ अर्बको कारोबार
काठमाडौं, साउन २७ :

सेयर बजार आज (मंगलबार) २६.२२ अंकले घटेको छ । हिजो (सोमबार) २७.९० अंकले घटेको थियो । योसँगै नेप्से २७९६.२४ विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४.०३ अंकले घट्दै ४८१.३८ विन्दुमा झरेको छ ।

नेप्सेमा आज ३२३ वटा कम्पनीको ७८ हजार २२६ पटकको कारोबारमा एक करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर किनबेच भए । जसअनुसार आज ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ रुपैयाँबराबरको कारोबार भएको छ ।

सेयरबजारमा आज २२५ कम्पनीका सेयर मूल्य घटे । यस्तै २४ वटा कम्पनीको मात्र सेयर मूल्य बढ्यो । साथै एउटा कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा होटेल तथा पर्यटन समूहको सेयर मूल्य मात्र बढ्यो । बाँकी सबै समूह राताम्मे बने ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा सिटी होटेल लिमिटेड परेको छ । यसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ६३६.२० रुपैयाँ कायम रह्यो ।

यसैगरी बढी गुमाउने कम्पनीको पहिलो सूचीमा सिक्लेस हाइड्रोपावर लिमिटेड परेको छ । यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता १०३२.५१ रुपैयाँ कायम रह्यो ।

नेप्सेमा आज नेपाल रि-इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार सर्वाधिक भएको छ । नेपाल रि-इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १५३५ रुपैयाँ कायम रह्यो । यसको २६ करोड ७७ लाख ५५ हजार २९३ रुपैयाँको सेयर कारोबार भएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार