शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
राजनीति

युवाहरुको ऊर्जा र क्षमतालाई देश विकासमा लगाऔं : परराष्ट्रमन्त्री राणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ साउन, २०८२ मा प्रकाशित
युवाहरुको ऊर्जा र क्षमतालाई देश विकासमा लगाऔं : परराष्ट्रमन्त्री राणा
काठमाडौं, साउन २७ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युवावर्ग देशको ठुलो पुँजी भएकाले उनीहरुको ऊर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताएकी छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउन्डेसनद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा उनले समृद्ध नेपाल निर्माणको आधार भनेको युवा शक्ति नै भएकाले उनीहरुप्रति नै देशले भर गरेको धारणा राखिन् ।

नेपालको जनसङ्ख्याको ठुलो हिस्सा युवाहरुको रहेकाले यही वर्गले नै मुलुकको भविष्य निर्माणमा ठूलो योगदान गर्न सक्ने उनको भनाइ थियो । युवाको सम्भावना र सिर्जनशीलतालाई चिनेर देशले प्रयोग गर्न सक्नुपर्नेमा पनि उनले जोड दिए ।

मन्त्री डा. राणाले युवाहरु सबै विदेश गए, देश नै खाली भइसक्यो भन्ने जस्तो भाष्य निर्माण गरिएको प्रसंग उल्लेख गरिन् । उनले भनिन्, ‘म युवाहरु विदेश जानै हुँदैन भन्ने पक्षमा छैन । म भन्छु यहाँहरु विदेश जानुस्, तर त्यहाँ ज्ञान, सीप र पुँजी आर्जन गरेर स्वदेश फर्किनुस् । हाम्रै माटोलाई समृद्ध बनाउनुपर्छ । सबै मिलेर देशको विकास गर्नुपर्छ ।’

स्वदेश फर्किएका कैयौं युवाले विदेशमा आर्जन गरेको पुँजी र ज्ञान प्रयोग गरेर उद्यमशीलतालाई अघि बढाएका बताउँदै उनले युवाहरुको यो अग्रसरतामा सरकारको सधैँ साथ र सहयोग रहने स्पष्ट गरिन् । राणाले प्रविधि, शिक्षा, खेलकुद, उद्यमलगायत कैयौं क्षेत्रमा नेपाली युवाले प्रतिस्पर्धा गरी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गरिरहेका प्रसंग पनि उल्लेख गरिन् । नेपालीले संसारमै परिश्रमी र इमानदार नेपालीको पहिचान बनाएको बताउँदै उनले यसलाई पनि हामीले पुँजीका रुपमा लिनुपर्ने धारणा राखिन् ।

उनले देशका युवालाई सकारात्मक सोच मात्र राख्न र विद्यालय, विश्वविद्यालयमा औपचारिक अध्ययनपछि केही न केही जीवनोपयोगी सीप सिकेर दक्ष बन्न सुझाइन् । परराष्ट्रमन्त्री राणाले भनिन्, ‘अहिले धेरै युवा टिकटकलगायत सामाजिक सञ्जालको लतमा फसिरहेको पाइन्छ । तिनको प्रयोग आफ्नो ज्ञान र सीपको दायरा बढाउने काममा मात्र गर्नुहोस् । जीवनमा नकारात्मकता फैलाउने काममा कहिल्यै नलाग्नुहोस्, यसले तपाईंहरुको जीवनमा कुनै राम्रो ऊर्जा दिँदैन ।’

कार्यक्रममा फाउन्डेसनले विगत लामो समयदेखि नेपालका विपन्न तथा अवसरविहीन बालबालिका तथा युवाहरूको शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत आवश्यकताको सम्बोधन गर्दै व्यावसायिक सीप सिकाउँदै आएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार