काठमाडौं, साउन २८ :

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्ष रञ्जिता श्रेष्ठ नै रहेको ठहर गरेको छ ।

आयोगले यस्तो निर्णय हिजो (मंगलबार) गरेको हो । नाउपाको संस्थापक सदस्यहरूको साउन १५ गतेको भेलाले श्रेष्ठलाई अपदस्थ गर्दै लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।