शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध #नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की#गोकर्णबाट पक्राउ#सुजन तामाङ#एसएसपी दिलीप घिमिरे#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध
राजनीति

विश्वप्रकाश शर्मा भन्छन्- प्रविधिको सही उपयोगका लागि नागरिकलाई सुसूचित गराउनु आवश्यक छ

‘दुरुपयोगले मानिसको जीवन समाप्त पार्न सक्छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ साउन, २०८२ मा प्रकाशित
विश्वप्रकाश शर्मा भन्छन्- प्रविधिको सही उपयोगका लागि नागरिकलाई सुसूचित गराउनु आवश्यक छ
ललितपुर, साउन २९ :

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले डिजिटल दुनियाँमा प्रविधिको सही उपयोगका लागि हरेक नागरिकलाई सुसूचित गराउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागद्वारा यहाँ आज आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिम उद्घाटन सत्रमा महामन्त्री शर्माले डिजिटल माध्यमको दुरुपयोगले मानिसको जीवन समाप्त पनि पारेको उल्लेख गर्दै यसबाट सचेत रहनुपर्नेमा जोड दिए ।

‘डिजिटल माध्यमका कारणले समाजमा अप्ठ्यारो परेको अवस्था पनि छ, यी विषयमा सचेत गराउनु एउटा जिम्मेवार पार्टीको कर्तव्य हो, पछिल्लो पुस्तामा पार्टीलाई जोड्न, कांग्रेसको प्रचार गर्न, नकारात्मक भाष्य चिर्न, सरकारका कमजोरीका बारेमा सुधार गर्न, अभिव्यक्ति स्वतन्त्रताको उपयोग र सम्मान गर्न डिजिटल माध्यमको सही प्रयोग आवश्यक छ’, उनले भने ।

कार्यक्रममा पार्टीका सहमहामन्त्री महेन्द्र यादवले पार्टीभित्रैका गुटउपगुटबीचको प्रतिस्पर्धाका लागि डिजिटल माध्यम प्रयोग गरिँदा पार्टीलाई क्षति पुगेको उल्लेख गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह र चुनावी परिचालनमा सही उपयोग गरेर लाभ हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले पार्टीको प्रचारप्रसारलाई सशक्त बनाउन डिजिटल माध्यमलाई प्रभावकारी उपयोग गरिनुपर्ने धारणा राखे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार