
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार अलास्कामा भेटवार्ता गर्न तयार भएका छन् । उनिहरुबीचको वार्ताका लागि अमेरिकी र रूसी अधिकारीहरू अलास्का राज्यमा भेला हुँदैछन्।
छ वर्षपछि पहिलोपटक दुवै नेताहरूको भेट हुन लागेको हो। जसमा ट्रम्पले आफ्नो प्रमुख चुनावी वाचा रुसको युक्रेनमा भएको युद्ध अन्त्य गर्ने र कार्यान्वयन गर्ने प्रयास गर्दैछन्।
आफूलाई विश्व शान्तिदूतका रूपमा चित्रण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो व्यक्तिगत सम्बन्धलाई प्रयोग गरी जहाँ अरु असफल भएका छन् त्यहाँ युद्धविराममा सफलता हासिल गर्ने आशा व्यक्त गरेका छन्।
बिहीबार उनले यस भेट सफल हुने सम्भावना २५ प्रतिशत मात्र भएको बताएका थिए।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई वार्ताबाट बाहिर राखिएको छ । उनले आफ्नो अनुपस्थितिमा गरिने कुनै पनि निर्णयको कुनै अर्थ नहुने चेतावनी दिएका छन्।
अंकोरेज शहरमा उच्च-स्तरीय यो वार्ता हुने कुनै ठूला संकेत छैनन् । तर विश्वका विभिन्न मिडिया त्यहाँ भेला भएका छन्। पत्रकारहरू अलास्काको जंगली सौन्दर्य हेर्न आएका पर्यटकहरूसँगै भीडमा भेटिन्छन्।
शुक्रबारको ट्रम्प–पुटिन बैठक पूर्ण रूपमा नजिकैको अमेरिकी सैनिक बेसभित्र हुनेछ । यो शिखर बैठक ठीक एक हप्ता अघि ट्रम्पले रुसलाई युद्धविरामको समय सीमा तोकेको र असफल भए कडा नयाँ प्रतिबन्ध लगाउने चेतावनी पछि भएको हो ।
२०२२ मा रुसले युक्रेनमाथि पूर्ण आक्रमण गरेदेखि नै रगतपातपूर्ण युद्धमा रहेका कीभ र मस्को बीच समय सीमा भित्र युद्ध अन्त्यको सम्झौता हुने सम्भावना सधैं न्यून रह्यो।
यसैबीच ट्रम्पले रूससँग व्यापार गर्ने मुलुकहरूमा प्रतिबन्ध लगाउने धम्कीलाई व्यवहारमा उतार्ने कि नउतार्ने भन्नेबारे शंका रह्यो किनकि यसले चीनसँग ठूलो व्यापारिक युद्ध निम्त्याउने थियो।
यद्यपि उनले यसै महिनाको अन्त्यतिर भारतमाथि रुसको तेल खरिदका कारण दोस्रो तहका शुल्क लगाउने सम्म भनेका छन्।
वार्तामा रुसी राष्ट्रपति पुटिनले शान्तिमा गम्भीर भएको प्रमाण दिनुपर्ने विश्लेषण गरिएको छ ।
यस साताभर अमेरिकी दृष्टिकोण सकारात्मकबाट सतर्क हुँदै धम्कीपूर्णसम्म फरक-फरक देखिएको छ।
सबैभन्दा कडा चरणमा ट्रम्पले यदि पुटिनले युद्ध अन्त्य गर्न सहमत भएनन् भने अत्यन्त गम्भीर परिणाम हुने धम्की दिएका छन्। जेलेन्स्की सहितको युरोपेली नेताहरूसँगको बुधबारको समूह वार्तापछि उनको धारणा अझ कठोर बनेको देखियो।
तर अर्कोतर्फ जब ट्रम्पले भू–भागको अदला–बदलीको सम्भावना औंल्याए र ह्वाइट हाउसले यो बैठकलाई केवल सुन्ने अभ्यास जस्तो हुने संकेत दियो यता कीभमा चिन्ता बढ्दै गएको छ।
यसबीच रुस भने प्रायः मौन रह्यो ।
पुटिनसँग छ वर्षपछिको पहिलो प्रत्यक्ष भेटमा ट्रम्पलाई आशा गरेका छन् कि उनको वार्ता शैलीले विगतका असफल प्रयासहरूभन्दा बढी सफलता दिलाउनेछ।